Logo

अर्थ

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ४२ हजार ३०० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०३ रुपैयाँ तोकिएको छ ।

इच्छुक लगानीकर्ताले असोज २२ गतेसम्म आवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आईतवार १२:०५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।