काठमाडौं। यौन कान्ड मुछिएका एनआईसी एशिया बैंकका कम्पनी सचिव दिपेन कार्कीलाई बैँककै सहायक सिईक अर्जुनराज खनियाको संरक्षण गरिरहेको पाईएको छ।
बैँकमा जागीर लगाइदिने प्रलोभन देखाएर एक महिलामाथि यौन दुर्व्यवहार गरेका एनआईसी एशिया बैंकका कम्पनी सचिव कार्कीको यौन अपराध ढाकछोप गर्न खनियाले बैँक व्यवस्थापन, संचालक समितिदेखि प्रशासनमा समेत घटनाको गलत बृफिङ्ग गरेकै कारण उनीमाथि अझैसम्म कारबाही भएको छैन। जघन्य अपराधमा मुछिएको भएपनि खनियाको ढाडस पाएका कार्की बैँकको अति महत्त्वपूर्ण पदमा छन् ।
कार्की तत्कालीन सीइओ रोशनकुमार न्यौपानेनिकट रहेको र सिईओलाई रिझाएर प्रमोसन लिनकै लागि खनियाले यौन दुर्व्यवहार जस्तो गम्भीर अपराधमा मुछिएका कार्कीबारे राष्ट्र बैँकमा समेत” महिला बदमास् हुन्, कार्की निर्दोष छन्” भन्ने बिषय जानकारी गराएकै कारण नियामकले समेत उनलाई कारबाही गर्ने तदारुकता देखाएन।
महिलामाथि यौन दुर्व्यवहार गरेपछि प्रहरी परिसर टेकुमा परेको जाहेरीले कार्की १ रात थुनिए। तर, तिनै खनियाको पावर र सँस्थाको पैसाका आडमा हिरासतबाट छुटेका कार्की बैंक नेतृत्वसँगको निकटतम सम्बन्धकै कारण कम्पनी सचिव जस्तो जिम्मेवार पदमा छन्। बैंकले उनको अपराधमाथि कारबाही गर्ने हिम्मत गरेको छैन। यस घटनाको बैंकभित्र र युनियनमा रहेका केहि महिला कर्मचारीहरुले भने आपत्ति जनाउँदै कार्कीलाई जागिरबाट निकाल्नुपर्ने आवाज उठाउँदै आएका छन्। तर, खनियाकै आडमा उनीमा कारबाही गर्ने कसैको हिम्मत छैन।
भएको के हो ?
केहि समयअघि बैँकमा जागिर खोज्दै आएकी एक महिलालाई कार्कीले आँफू एनआईसी एशिया बैंकको शक्तिशालि पदमा रहेको बताउँदै स्थायी रुपमै जागिर लगाईदिने आश्वासन दिए। त्यसपछि उनले ति महिलाको बाध्यताको फाईदा उठाउँदै एकान्तमा भेट्न प्रस्ताव गर्न थाले। कामको आसमा ति महिला कार्कीले जे-जे भने मान्दै गईन्। उनीसँग नजिक हुन कार्कीले ति महिलाको ह्वाट्सयापमा आपत्तिजनक शब्दसहित जथाभावी म्यासेज गर्न थाले। उनले ति महिलासँग आँफू अबिबाहित भएकाले विवाह नै गर्ने भन्ने सम्मको आश्वासन दिएका थिए। ‘जागिर नभए पनि हामी बिहे गर्ने हो, म ठुलै पदमा छु, किन चिन्ता गर्छेउ’ भन्दै कार्कीले ति महिलामाथि शारीरिक एवं मानसिक दुर्व्यवहार गर्दै आएको पिडित महिलाले प्रहरीसँगको बयानमा बताएकी थिइन्।
कार्की ति महिलासँग सम्बन्ध बताएपछि सम्पर्कविहीन भए। उनको फोन उठाउन छोडे। महिलालाई सामाजिक संजालदेखि सबैतिर ब्लक गरेर फरार भएपछि उनी बैंकमै पुगिन्। कार्कीले कुमारी बैंकमा कार्यरत एक महिला कर्मचारी साथीमार्फत् ‘जागिर फिक्स भएको छ आउनुस्’ भन्दै फोन गर्न लगाए। तर, त्यहाँ पुग्दा ति महिला कर्मचारीले पिडितलाई उल्टै धम्क्याउन थालेपछि उनी रुँदै कराउँदै प्रहरी बोलाइन्। प्रहरीले ति महिलालाई गिरफ्तार गर्यो उनीपनि सँगै प्रहरी परिसर टेकु पुगिन्। पिडितसँगको बयानपछि प्रहरीले उनलाई जाहेरी दिन भन्यो। साथी छुटाउन पुगेका कार्कीलाई २०८१ साल मंसिर ७ गते शुक्रवार पिडितको जाहेरीका आधारमा प्रहरीले गिरफ्तार गरी हिरासतमा राख्यो।
कार्की पक्राउ परेको खबरपछि घटना बुझ्दै नबुझी खनियाको आग्रहमा न्यौपानेले असिस्टेन्ट सीइओ रन्जन खड्कालाई पठाइ छुटाएर ल्याउन भनेका थिए । सोहिअनुसार खडकाले पिडितमहिलासँग कुराकानी गरे अनि बिहे गर्ने मौखिक सहमति प्रहरीले उनलाई हिरासतमुक्त गरिदिँदै ‘ रात धेरै भएको छ, घर पुर्याईदिनु’ भन्यो। त्यसपछि उनी आफ्नी बहिनीसँगै पिडित महिलालाई पनि आफ्नै गाडीमा हालेर निस्के। तर बाटोमा पुगेपछि पिडित महिलासँग विहे गर्न नसक्ने बताएपछि उनले प्रहरीलाई खबर गरिन् त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर पुन: हिरासत राख्यो उनी रातभर थुनिए।
भोलिपल्ट अर्थात मंसिर ८ गते सनिवार ए-सीइओ खड्का लगायत बैंकका उच्च पदस्थ कर्मचारी पुगेर पिडितको अनुमति बिना नै छुटाए। त्यसपछि प्रहरीले पिडितलाई बोलायो। कसैले पिडितलाई धम्क्याए, कसैले सम्झाए। ए-सीइओ रंजन खड्काले जाहेरी फिर्ता लिएर आईतवार बैंक आउन भने। अनधिकृत रुपमा बैंकको लेटेर प्याड र कम्पनी सचिवको हस्ताक्षरको दुरुपयोग गरी ३० दिनभित्र जागिर लगाइदिने, कार्कीलाई माफी माग्न लागउने लिखित तथा बिहे गर्ने मौखिक सम्झौता गरियो। तर, तत्कालिन सीइओ र खनियाको आडमा हालसम्म पनि बैंकले कार्कीलाई कारबाही गर्न सकेको छैन।
सम्झौतापछि बैंकले नत पिडित महिलालाई जागिर दियो, न त बाँकी प्रकृया अघि बढेको छ। पिडित महिलाले एक संचारमाध्यममा आँफुलाई जबर्जस्ती कागज गराईएको र उक्त सम्झौतामा के छ भन्ने सम्म हेर्न नदिएको बताएकी छिन्।
कार्कीमाथि किन भएन कारबाही?
घटना सार्वजनिक भएपछि कार्कीलाई कानूनी कठघरामा उभ्याउनु पर्ने चौतर्फी आवाज उठ्यो । तर पैसा र पावरका अगाडि यौन दुर्व्यवहार जस्तो गम्भीर अपराधमा समेत उन्मुक्ति दिने प्रशासन र अपराधीको संरक्षण एवं अपराधलाई प्रोत्साहन गर्दै स्यावासी दिँदै आएका खनिया र तत्कालीन सिईओको ढाडसका अघि कसैको केहि सिप लागेन। यसबाट बैंक व्यवस्थापनले संस्थागत नैतिकता र जवाफदेहितालाई समेत लत्याएर यौनजन्य अपराध गर्दै हिड्ने एक कर्मचारीलाई थप अपराध गर्न प्रोत्साहन गरिरहेको देखिन्छ। यसअघि पनि बैंककै एक महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै कार्की विवादमा तानिएका थिए। उक्त घटना सीइओकै पहलकदमीमा गुपचुप पारिएको थियो।
तत्कालीन सीइओ रोशन कुमार न्यौपाने इन्टरनल अडिटमा हुँदा पनि कार्की उनकै विभागमा थिए। बैंक स्रोतका अनुसार कार्कीले बैँक संचालक समिति तथा उच्च व्यवस्थापनका गलत काम कारबाहीमा सघाउँदै आएका छन्। तत्कालीन सिईओ न्यौपानेले उनलाई आँफूसँगै अपग्रेड गर्दै उनको अपराधमाथि पनि आँखा चिम्लिँदै आएको बैँकका कर्मचारीहरु बताउँछन् । त्यस्तै बैंकभित्रका जुनियरदेखि सीनियरसम्मका कर्मचारीले विभिन्न शिर्षकमा गरेका अनियमितताबारे उनलाई राम्रैसँग थाहा छ। त्यसकारण पनि उनीहरुमाथि एकले अर्काको बचाउ गर्नुपर्ने बाध्यता छ। चाहे त्यो जघन्य अपराध किन नहोस्।
खनियाले किन गर्दैछन् अपराधको ढाकछोप ?
एनआईसी एशिया बैँकमा कार्की मात्र होइन, अन्य उच्च व्यवस्थापनका कर्मचारी समेत यस किसिमको अपराधमा संलग्न छन् । ती मध्ये खनिया पनि एक हुन् । उनीमाथि बैँक भित्रकै महिला कर्मचारीप्रति तल्लो स्तरको तुच्छ शब्द प्रयोग गर्दै अपमानजनक व्यवहार गर्ने गरेको, साहु खुसी बनाउन कर्मचारीलाई राती अबेरसम्म काममा लगाएर पारिवारिक तनाब दिने काम गरेको, गर्भवती महिलालाई समेत अपायकमा सरुवा गरी मानसिक यातना दिएको जस्ता गम्भीर आरोप छ। जसका कारण आजित भएर कर्मचारीहरुले उनलाई तिम्रा घरमा श्रीमती छैनन् ? रातभर तिम्री श्रीमतीलाई साहुको काममा पठाउँछौँ हो ? भन्दै प्रश्न गर्न थालेका छन् ।
महिलाप्रति खनियाको दृष्टिकोण अत्यन्तै संकीर्ण रहेको र उनी आफू पनि यस किसिमको अपराधमा संलग्न रहेकाले आफ्नो कर्तुत लुकाउन पनि उनले कार्कीको संरक्षण गरिरहेको कर्मचारीहरुको दावी छ।
यद्यपि पछिल्लो समय खनिया एक महिला पत्रकारसँगको निकटतम सम्बन्धका कारण चर्चामा छन् ।
यस सम्बन्धमा हामीले बैँकका सूचना अधिकारी समेत रहेका खनियासँ भेटेर प्रतिक्रिया लिएका छौँ । यौन अपराधमा थुनिएका कार्कीलाई अझैसम्म किन कारबाही भएन ? भन्ने प्रश्नको जवाफमा उनले यस घटनामा महिला नै दोषी भएको र कार्की निर्दोष रहेको बताए।
कार्की त पीडितको जाहेरीले प्रहरीको हिरासतमै थुनिएका थिए नि भन्ने हाम्रो प्रति प्रश्नमा खनियाले भनेका छन्, “अहिले त आरोप लाग्यो कि थुनिहाल्छ, त्यसपछि मात्र सोधपुछ हुन्छ। यसमा पनि यहि भएको हो। पीडित भनिएकी महिला बद्मास हुन् , मैले सबै बुझेको छु कार्की निर्दोष छन्।”
आफूमाथि लागेको आरोपका सम्बन्धमा भने खनियाले कुनै प्रतिक्रिया दिएनन्। त्यस्तै घटनामा मुख्य आरोपी कार्कीसँग समेत बुझ्न हामीले उनलाई पटकपटक सम्पर्क गर्यौ। तर, उनी सम्पर्क आउन चाहेनन् ।
छुटाउनु भयो कि ?
बैंकको गाडी ‘म्याडमको सवारी’,- एनआईसी एशियाका उच्च पदस्थको निर्लज्ज लुट
एनआईसी एशियाका सूचना अधिकारीको खतरनाक ट्रीक : ‘बैंक छोड्ने धम्की दिँदै, प्रमोशन लिँदै’
एनआईसी एशिया बैँकका रिकोभरी हेडलाई कर्मचारीको प्रश्न,-‘तिम्रा घरमा श्रीमती छैनन् ?’
व्यवस्थापनलाई धम्क्याएरै बैँकको खर्चमा अमेरिका पुगे अर्जुन खनिया





















प्रतिक्रिया