Logo

इन्स्योरेन्स

जेनजी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी



काठमाडाैं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको दाबी भुक्तानी प्रक्रियालाई तीव्रता दिँदै हालसम्म झण्डै २२ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीका अनुसार बिमा भई क्षतिपूर्ति दाबी गरिएका २८७ वटा दाबीमध्ये हालसम्म २४५ वटा दाबी बापत २१ करोड ७४ लाख ४५ हजार ८ सय ३१ भुक्तानी भइसकेको छ । उक्त रकम आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको अग्रिम तथा अन्तिम दावी भुक्तानी बापत रहेको कम्पनीले स्पष्ट पारेको छ ।

दाबी विभाग प्रमुख रोज राज लुइटेलले नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्ध रहेको बताए । हिमालयन एभरेस्ट इन्स्योरेन्सले विषम परिस्थितिलाई ध्यानमा राख्दै बिमित ग्राहकको सुविधा र आर्थिक राहतका लागि यो शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको हो ।

उच्च प्राथमिकताका साथ भइरहेको यो दाबी भुक्तानी कार्य २१ गते मंगलबारबाट पुनः यथावत रूपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

क्षतिपूर्तिको दावी भुक्तानी पाउन बाँकी रहेका बीमितहरूलाई आवश्यक कागजात र प्रक्रिया पुर्‍याई कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न पनि इन्स्योरेन्सले अनुरोध गरेको छ ।

साथै, कम्पनीले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १२:४३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।