Logo

अर्थ

असहज घटनाका बीमितलाई शिखर इन्स्योरेन्सद्धारा द्रुत दाबी भुक्तानी, हालसम्म ४३ करोड वितरण



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र २३ र २४ गतेको असहज घटना तथा परिस्थितिका कारण सम्पत्तिमा क्षति भएका आफ्ना बीमितहरूलाई द्रुत गतिमा बीमा दाबी भुक्तानी गरिरहेको जनाएको छ ।

कम्पनीले राष्ट्र पुनर्निर्माणको यात्रामा सहयात्राको प्रतिवद्धता अनुरूप दाबी भुक्तानीलाई प्राथमिकता दिएको बताएको छ।

कम्पनीका अनुसार प्राप्त ४३३ वटा बीमा दाबीमध्ये हालसम्म २२४ वटा दाबीको भुक्तानी भइसकेको छ । जुन कुल संख्याको ५२ प्रतिशत हो ।

यो बीचमा कम्पनीलाई प्राप्त कुल दाबी रकम २४१ करोडमध्ये शिखरको खुद हिस्सा करिब ३७ करोड मात्रै पर्ने बताइएको छ । आवश्यक कागजात नपाउँदा पनि सर्भेयरको प्रतिवेदनका आधारमा अग्रिम भुक्तानी दिइएको कम्पनीले जनाएको छ ।

दाबी प्रक्रिया सहज बनाउन शिखरले सरलीकृत दाबी प्रक्रिया, डिजिटल सेवा, दाबी सहायता डेस्क तथा द्रुत अनुगमन सेवा सञ्चालनमा ल्याएको छ । साथै, २४ घण्टा ३६५ दिन उपलब्ध हुने कल सेन्टर सेवा पनि सुरु भइसकेको जानकारी दिएकाे छ ।

प्रहरी प्रतिवेदन र मोटरसाइकल दर्ता खारेज प्रमाणपत्र जस्ता कागजातमा ढिलाइ हुँदा केही दाबी फछ्र्यौट गर्न समय लागिरहेको छ । आवश्यक कागजात छिटो उपलब्ध गराउन सम्बन्धित निकायसँग कम्पनीले अनुरोध गरेको छ ।

शिखर इन्स्योरेन्सले विपद्का बेला पनि प्रभावकारी सेवा दिनेतर्फ आफू कटिबद्ध रहेको र भविष्यमा ग्राहकको विश्वास अझ मजबुत बनाउँदै राष्ट्रको आर्थिक पुनर्निर्माणमा सहयात्रा जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १४:३९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।