Logo

प्रमुख समाचार

नेपाल बैंकको निष्क्रिय कर्जा साढे ५ प्रतिशतले बढ्याे



 

काठमाडौं । नेपाल बैंकको निष्क्रिय कर्जा बढेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल कर्जामा निष्क्रिय कर्जाको अंश असोज मसान्तसम्म ५.४९ प्रतिशत पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जा ३.९५ प्रतिशत थियो ।
बैंकको खुद नाफा २.३ प्रतिशत घटेको छ । पहिलो त्रैमासमा बैंकले ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ६० करोड २१ लाख रुपैयाँ थियो ।
वितरणयोग्य नाफा ५७ करोड रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर वितरणयोग्य नाफा १५.०५ रुपैयाँ ऋणात्मक हो । बैंकको पाकेको साँवा तथा ब्याज असुली हुन नसक्दा वितरणयोग्य नाफा ऋणात्मक हुनुका साथै निष्क्रिय कर्जा बढेको देखिन्छ ।
खुद ब्याज आम्दानी १६।३ प्रतिशत बढेको छ । यस्तो आम्दानी पहिले २ अर्ब २० करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ५६ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १६.०१ रुपैयाँ छ ।
त्यस्तै प्रतिसेयर नेटवर्थ १६०।३२ रुपैयाँ छ । बजार मूल्य प्रतिसेयर नेटवर्थभन्दा न्यून छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता २४८।४० रुपैयाँ छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार ०८:४१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।