Logo

प्रमुख समाचार

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट



जनकपुरधाम । मधेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । रक्कीप्रसाद साह र सुजित यादवले आज रिट दायर गरेका हुन् ।

मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरिएको हो ।

संविधानको धारा १६८ को उपधारा २ जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १६:३८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।