Logo

राजनीति

रामकुमारी र किसानसहितका नेताहरू नेकपा एमालेमा समाहित



काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमालेमा समाहित भएका छन्।

आज (सोमबार) काठमाडौंको राष्ट्रियसभा गृहमा एमालेले आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममार्फत उनीहरू एमालेमा समाहित भएका हुन्।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झण्डासहित खादामाला लगाएर पार्टीमा स्वागत गरे।

सो क्रममा केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई लगायत पनि एमालेमा समाहित भएका छन्।

 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १६:४६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।