Logo

अर्थ

साहस ऊर्जाको नाफा बढ्यो, प्रतिसेयर आम्दानी ५२.३७ रुपैयाँ



काठमाडौं । साहस ऊर्जाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार यस अवधिमा कम्पनीले ४९ करोड ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको खुद नाफा समीक्षा अवधिमा २३.६ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले ८६ मेगावाट क्षमताको दूधकोशी आयोजना सञ्चालन गरिरहेको छ ।

विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घट्दा नाफामा योगदान पुगेको छ । यस्तो आम्दानी पहिले ८६ करोड ७१ लाख रुपैयाँ रहेकोमा अहिले ९२ करोड ४६ लाख रुपैयाँ छ । त्यस्तै वित्तीय लागत पनि घटेको छ ।

वित्तीय लागत पहिले २३ करोड ४० लाख रुपैयाँ रहेकोमा अहिले १६ करोड ७९ लाख रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर ओरालो लाग्दा सबै हाइड्रोपावरको वित्तीय लागत घटेको छ ।

साहस ऊर्जाको वार्षिक प्रतिसेयर आम्दानी ५२.३७ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ६६४.२० रुपैयाँ छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार ११:५६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।