Logo

अर्थ

५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङसँग सम्झौता



काठमाडौं । ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न नेपाल राष्ट्र बैंकले छिमेकी राष्ट्र चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ’ सँग सम्झौता गरेको छ । नेपाल राष्ट्र बैंककाअनुसार उक्त परिणाममा नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको हो ।

५० दरको ४२ करोड थान नयाँ बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि मिति २०८२–०४–०९ बोलपत्र आह्वान गरिएको थियो । उक्त सम्झौताको मूल्य १०,४२२,५३५.२१ अमेरिकी डलर (करिब एक करोड ४२ लाख रुपैयाँ) रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसअघि राष्ट्र बैंकले २०८२ साउन ९ गते (तदनुसार २५ जुलाई २०२५) राष्ट्रिय दैनिक दि राइजिङ नेपाल र बैंकको वेबसाइटमार्फत बोलपत्र आह्वान गरेको थियो । बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्युनतम मूल्य प्रश्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसनलाई छनोट गरिएको थियो ।

 

 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार १२:०४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।