काठमाडौं । शिखर इन्स्योरेन्स नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड–१७, इन्स्योरेन्ज कन्ट्रयाक्ट (एनएफआरएस–१७) बमोजिम वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बीमा कम्पनी बनेको छ।
शिखर इन्स्योरेन्सले एनएफआरएस–१७ बमोजिम चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिकको संक्षिप्त वित्तीय विवरण तयार गरी प्रकाशित गरेकोहो ।
नेपाल लेखामान बोर्डबाट चालु आर्थिक वर्षबाट लागू हुने गरी जारी गरिएको यस वित्तीय प्रतिवेदनमान लागू गर्ने नेपालको पहिलो कम्पनीका रुपमा शिखर इन्स्योरेन्स बनेको छ ।
कम्पनीबाट नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको वित्तीय विवरणसम्बन्धी निर्देशिकाबमोजिमको त्रैमासिक वित्तीय विवरणसँगै एनएफआरएस–१७ बमोजिमको संक्षिप्त वित्तीय विवरणसमेत प्रकासित गरिएकोे हो । यस उपलब्धि पारदर्शिता, सुशासन र विश्वव्यापी वित्तीय प्रतिवेदनमान तथा मापदण्डको परिपालनतर्फ अघि बढिरहेको सम्पूर्ण नेपाली बीमा क्षेत्रका लागि एक ऐतिहासिक कदमका रुपमा रहेको कम्पनीले जनाएको छ ।
यस उपलब्धिले प्रचलित व्यवस्थाहरुको अनुपालनप्रति शिखर इन्स्योरेन्सको प्रतिवद्धता र निरन्तर सुधारप्रतिको समर्पणलई प्रतिविम्बित गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।





















प्रतिक्रिया