Logo

कर्पोरेट फोकस

‘ब्याज फिर्ता’ को रकम खराब ऋणीका खातामा : एनआईसीका एसिईओ रावलकै संलग्नता



काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडका सहायक सीइओ राजेश रावलले ऋणीलाई फिर्ता गर्नुपर्ने‘इन्ट्रेस रिबेट’को रकमको दुरुपयोग गरेको भेटिएको छ। रावलले ऋणीहरुलाई फिर्ता गर्नुपर्ने रकम फिर्ता नगरी खराब ऋणीहरुको खातामा जम्मा गरी आँफैले फिर्ता लिने गरेको बिषय उजागर भएसँगै वित्तीय क्षेत्रमा सनसनी मच्चिएको छ।

मधेस प्रदेशका इन्चार्ज समेत रहेका रावलले मधेसका अधिकांश ऋणीहरुलाई अनेक प्रलोभन देखाई सुरुमा ऋण भिडाउने सोहि ऋणको ब्याज तिर्न ऋणमाथि ऋण थापिदिएका छन्। यसरी थपेको ऋणबाट ऋणीलाई थाहै नदिई बढी ब्याज उठाएका छन्।

उक्त बिषय सार्वजनिक भएपछि ब्याज फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको भए पनि बैंकका शाखा प्रबन्धकको सहायतामा रावलले खराब ऋणीसँग गोप्य सम्झौता गरी केहि रकम उनीहरुको खातामा देखाई ब्याज मिलान गरिदिने र केहि रकम निकालेर आँफुलाई दिनुपर्ने सर्त राखेको खुलेको हो। रावलले यसरी ब्याज बढी लिएर ब्याज फिर्ता गर्ने बाहानामा दर्जनौँ खराब ऋणीसँग मिलेर बैंकको करोडौं रुपैयाँ अपचलन गरेको तथ्य सार्वजनिक भएको छ। यसमा बैंकका अध्यक्ष तुलसीराम अग्रवालको समेत मिलेमतो रहेको भेटिएको छ।

बैंक तथा वित्तीय संस्थाले नियमविपरीत ब्याज बढाएको भन्ने गुनासोका आधारमा राष्ट्र बैंकले गरेको स्थलगत सुपरिवेक्षणका क्रममा आधारदरसँगै प्रिमियम समेत बढाएको भेटिएपछि २०७९ असोजमा बैंक तथा वित्तीय संस्थाहरूलाई बैंक तथा वित्तीय संस्थाहरूलाई नियमविपरीत लिएको ब्याज तथा बढाइएको प्रिमियम फिर्ता निर्देशन दिएको भए पनि बैंकले उक्त रकम ऋणीलाई फिर्ता नगरी केहि रकमले बैंकको खराब कर्जा मिलाएको छ भने केहि रकम रावल लगायतका कर्मचारी स्वयमले निकालेको तथ्य फेला परेको छ तर, ब्याज फिर्ता पाउनुपर्ने वास्तविक ऋणीले ब्याज फिर्ता पाएका छैनन् ।

रावलले बीरगंजका ब्यापारी उमेश चौहानको खाताका ब्याज फिर्ता गरेर पनि पुन: उक्त रकम फिर्ता लिएका छन्। चौहानले एन आई सी एशिया बैंकको वीरगञ्ज शाखाबाट‘श्याम गल्ला भण्डार’को नामबाट ३ करोड ८५ लाख रूपैयाँ र बुवा श्यामप्रसाद चाईको नाममा रहेको ‘कृष गल्ला भण्डार’को नामबाट ३ करोड ८५ लाख गरेर ७ करोड ७० लाख रूपैयाँ कर्जा लिएका थिए । कर्जा लिँदा ब्याजदर ८.२५ प्रतिशत रहेकोमा बढाएर १६.७० प्रतिशतसम्म पुर्याइयो ।

राष्ट्र बैंकको निर्देशनअनुसार ब्याज फिर्ता पनि गरे तर, तत्कालिन शाखा प्रबन्धक हरिकृष्ण पौडेलले ‘अरूको पैसा तपाइँको खातामा आएको’ भनी झुक्याएर चेक मागे अनि रिबेटवापतको रकम निकाले। तर, राष्ट्र बैंकलाई झुक्याउनका लागि रकम निकाल्दा खातामा भने ‘इन्ट्रेस रिबेट’ भनेरै लेखे । जुन कुरा चौहानले अडिट गर्ने बेलामा मात्रै देखे अनि राष्ट्र बैंकमा उजुरी गरेका थिए। चौहानका अनुसार प्रबन्धक पौडेलले झुक्याएर ‘इन्ट्रेस रिबेट’ वापत आएको ६७ लाख १८ हजार रूपैयाँ निकालेका छन्। त्यस्तै आफ्नो कम्पनीको खाताबाट बैंकले किर्ते गरी विभिन्न अपरिचित व्यक्तिका नामबाट पटक-पटक रकम रकम निकालेको राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ। यो सबै बिषय प्रदेश प्रमुखको निर्देशनमा भएको र चौहान जस्ता दर्जनौँ ऋणीहरुको सम्बन्धमा पनि यसै गरिएको सोहि शाखामा कार्यरत एक कर्मचारीले बताएका थिए ।

राष्ट्र बैंकको एकीकृत निर्देशन तथा बैंक तथा वित्तीय सँस्था सम्बन्धी ऐन वाफियाअनुसार पनि यो ‘गम्भीर वित्तीय अपराध’हो। यस्तो प्रकृतिको अपराध नगद जरिवाना योग्य ठहरिन्छ तर, राष्ट्र बैंकले पनि बैंक संचालक तथा सीइओलाई नसिहत या सचेत गराएर मात्र उन्मुक्ति दियो।

एनआईसी बैंकका अध्यक्ष-सिईओको अपराधमा राष्ट्र बैंकको गुप्त समर्थन, कसले लुकायो कार्बाहीको फाइल ?

एनआईसी एशिया बैँकमा कनिष्ठको कब्जा, डेपुटी सिईओको जिम्मेवारी असिस्टेन्टको पोल्टामा

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १२:३४   :  बजे

357
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।