Logo

अर्थ

बुटवलमा सिजी डिजिटलको शोरूम उद्घाटन



काठमाडौं । नेपालको सबैभन्दा ठूला इलेक्ट्रोनिक्स कम्पनीहरूमध्ये एक सिजी इलेक्ट्रोनिक्सले आफ्नै इलेक्ट्रोनिक्स ब्रान्डको शोरूम ‘सिजी डिजिटल’ आदर्श नगर पाल्पा रोड, ट्राफिक चोक, बुटवलमा सञ्चालनमा आएको छ ।

यससँगै, कम्पनीले देशव्यापी रूपमा २१ शोरूम सञ्चालनमा आएको छ । अत्याधुनिक रिटेल मोडेलमा आधारित यो स्टोरमार्फत ग्राहकहरूले एलजी, सीजी, मिडिया, टिसिएल, बेको जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका होम र किचन एप्लायन्स, स्मार्ट टेलिभिजन, मोबाइल, ग्याजेट, उपकरण र प्रिमियम कन्जुमर इलेक्ट्रोनिक्सका व्यापक उत्पादनहरू एकै छानामुनि पाउन सक्नेछन् ।

कम्पनीका अनुसार, बुटवल–लुम्बिनी प्रदेशमा बढ्दो ग्राहक माग, गुणस्तरीय सेवा आवश्यकताहरू र आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै उच्चस्तरीय प्रोडक्ट र छिटो ग्राहक–सपोर्ट प्रणालीसहित सुव्यवस्थित र प्राविधिक रूपमा सुदृढ रिटेल सुविधा सञ्चालनमा ल्याइएको हो ।

उद्घाटन कार्यक्रममा स्थानीय निकायका अधिकारी, ग्राहक र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सिजी डिजिटलले आगामी दिनमा ग्राहक अनुभवलाई अझ सुदृढ गर्ने, डिजिटल पहुँचलाई देशका प्रमुख सहरी तथा उप–सहरी बजारमा विस्तार गर्ने, र अन्तर्राष्ट्रिय स्तरको ब्राण्ड पोर्टफोलियोसहित आधुनिक रिटेल अनुभवलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीले समग्र डिजिटल बजार प्रवृत्ति, ग्राहक रोजाइको बदलिँदो स्वरूप र उदयोन्मुख प्रविधिलाई ध्यानमा राख्दै समावेशी, पारदर्शी र ग्राहक–केन्द्रित व्यापार विस्तारमा निरन्तर केन्द्रित रहने जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १६:५९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।