Logo

खेलकुद

एनपीएल सिजन २: उद्घाटन खेलमा काठमाडौंसँग साबिक विजेता जनकपुर पराजित



नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा काठमाडौं गुर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।

टस जितेर जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले जनकपुरले दिएको १३१ रनको लक्ष्य १८ ओभरमा ५ विकेट क्षतिमा पूरा परेको हो । काठमाडौंले १३२ रन जोड्दै विजय यात्रा थालेको हो ।

काठमाडौंको जितमा बेन चार्ल्सवर्थले सबैभन्दा बढी ४६ रन जोडे । उनले २३ बलमा ५ चौका र ३ छक्कासमेत प्रचार गरे ।

ओपनरद्वय बेन र आकाश त्रिपाठीको ७० रनको बलियो साझेदारी सञ्जय कृष्णमूर्तिले तोडेका हुन् । सञ्जयले पहिलो विकेटका रुपमा बेनलाई जोन सिम्पसन मार्फत् क्याच आउट गराएका हुन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १९:२०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।