Logo

खेलकुद

उद्घाटन खेलमै काठमाडौंले गुमायो लगालग विकेट



नेपाल प्रिमियर लिग (एनपीएल) को जारी खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजका पाँच विकेट लिएको छ ।

१७.१ ओभरमा काठमाडौंका जोश सिम्पन एलबी डब्लु धरापमा परे । उनी १३ रनमै आउट हुँदा काठमाडौं दबाबमा छ ।

यसअघि १६ ओभर ६ बलमा आइपुग्दा काठमाडौंले मिलिन्दा कुमारलाई गमाएको हो । उनले १९ रन बनाएको अवस्थामा आउट हुन पुगे।

त्यसअघि १५ ओभर ४ बलमा काठमाडौंले ओपनर आकाश त्रिपाठीलाई गुमायो । त्रिपाठी ४५ बल खर्चेर पाँच चौकाको सहयोगमा ३९ रन जोडेर आउट भए ।

त्रिपाठीलाई सञ्जय कृष्णमूर्ति बोल्ट गरेका हुन् । ९ ओभर ४ बलमा ब्याटर भीम सार्की आउट भएका हुन् । ७ बल खर्चेर ३ रन जोडेका भीमलाई ललित राजवंशीले लाहिरू मिलन्थामार्फत् क्याच आउट गरेका हुन् ।

पहिलो विकेटका रुपमा काठमाडौंले बेन चार्ल्सवर्थ गुमाएको थियो । उनले २३ बलमा ३ छक्का र ५ चौकाको सहयोगमा ४६ रन जोडेका हुन् । उनी जनकपुरका जान निकोल लोफ्टी(इटनको बलमा क्याच आउट भएका हुन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार २०:०७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।