Logo

बैंकिङ

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका स्वास्थ्य चौकीहरूमा बेबी वार्मर वितरण



ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रस्थित स्वास्थ्य चौकीहरूमा नवजात शिशुको जीवन रक्षा गर्न आवश्यक पर्ने ‘बेबी वार्मर’ वितरण गरेको छ।

सुरक्षित मातृत्व सेवा दुर्गम भेगसम्म पुर्‍याउने लक्ष्यसहित बैंकले सीएसआर कार्यक्रम अन्तर्गत महत्वपूर्ण स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो।

बैंकका अनुसार बझाङ जिल्लाको मष्टा गाउँपालिका–२ स्थित मष्टा स्वास्थ्य चौकी तथा खप्तडछान्ना गाउँपालिका–५ को कालुखेती स्वास्थ्य चौकीमा बेबी वार्मर जडान गरिएको छ।

यस्तै बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–३ अवस्थित पुर्भुता आधारभूत स्वास्थ्य सेवा केन्द्र र अछाम जिल्लाको रामारोशन गाउँपालिका–६ स्थित भाटाकाटियाँ स्वास्थ्य चौकीमा पनि उपकरण सञ्चालनमा ल्याइएको छ।

वितरण कार्यक्रम स्थानीय प्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

सो अवसरमा चिकित्सक, नर्स तथा प्राविधिक कर्मचारीहरूलाई विशेषज्ञमार्फत बेबी वार्मर प्रयोग र सञ्चालन सम्बन्धी तालिम समेत प्रदान गरिएको बैंकले जनाएको छ।

बेबी वार्मरले नवजात शिशुमा देखिने हाइपोथर्मिया (अल्पताप) रोक्थाम गर्न मद्दत गर्दछ, जुन ग्रामीण क्षेत्रका नवजात मृत्युका प्रमुख कारणमध्ये एक मानिन्छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार २०:३९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।