Logo

प्रमुख समाचार

ग्रीनेदी इनर्जीले आईपीओ निष्काशन गर्ने



ग्रीनेदी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रियालाई अघि बढाउँदै शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। उक्त नियुक्ति सम्बन्धी सम्झौता सोमबार सम्पन्न भएको हो। सम्झौतामा ग्रीनेदी इनर्जीका तर्फबाट अध्यक्ष युरेश मान कायस्थ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरेका छन्।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको छ। यसअन्तर्गत आयोजनास्थित कास्की जिल्लाका प्रभावित बासिन्दाले प्राथमिकताको आधारमा शेयर प्राप्त गर्ने अवसर पाउने छन्।

ग्रीनेदी इनर्जीले कास्की जिल्लामा अवस्थित ईदी खोलामा ७ मेगावाट क्षमताको ईदी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८२ वैशाख ८ गतेदेखि व्यापारिक रुपमा विद्युत उत्पादन गरिरहेको छ। आयोजनाको संरचना क्यु–६५ प्रवाह क्षमतामा आधारित रही विकास गरिएको हो। कम्पनीमा बैंकिङ, जलविद्युत, बीमा तथा पूँजी बजार क्षेत्रमा अनुभव हासिल गरेका लगानीकर्ताहरूको सहभागिता रहेको बताइएको छ।

अध्यक्ष कायस्थका अनुसार कम्पनीले आगामी वर्षहरूमा थप जलविद्युत आयोजनामा लगानी विस्तारका साथै सौर्य तथा हरित ऊर्जामा पनि प्रवेश गर्ने योजना बनाएको छ। “ऊर्जा क्षेत्रको रूपान्तरणका लागि कम्पनीले दीर्घकालीन रणनीति तयार पारेको छ,” उनले भने।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार २०:४६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।