Logo

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ विभिन्न सात देशको भ्रमणमा गर्ने



अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ विभिन्न सात देशको भ्रमणमा जाने भएका छन् । शनिबार नै उनी युरोप र मध्यपूर्वका केही देशको भ्रमणमा निस्किन लागेको बताइएको हो । उनी यस भ्रमणका क्रममा वेस्ट ब्यांकमा पनि जाने भएका छन् ।

अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएका छन् । वर्तमान राष्ट्रपति ट्रम्प पराजित भएर आगामी कार्यकालका लागि जो बाइडेन विजयी भएपछि अमेरिकी विदेशमन्त्री पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् ।

अमेरिकाका राष्ट्रपतिले हालै सम्पन्न निर्वाचनको परिणाम अस्वीकार गरेर देशमा अन्योल छाएको बेलामा ट्रम्प प्रशासनका विदेशमन्त्री भने लामो विदेश भ्रमणमा निस्किन लागेको भन्दै अमेरिकी सञ्चारमाध्यमहरुले टिप्पणी गरेका छन् ।

उनी फ्रान्स, टर्की, जर्जिया, इजरायल, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरेबिया जानुहुने अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । उनको यो विदेश भ्रमणलाई अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएपछि गरिने एक महत्वपूर्ण भ्रमणका रुपमा पनि लिइएको छ ।

वर्तमान राष्ट्रपति ट्रम्प पराजित भएर आगामी कार्यकालका लागि जो बाइडेन विजयी भएका छन् । त्यसपछि पनि निर्वाचनमा धाँधली भएकोले आफूले परिणाम स्वीकार नगर्ने चेतावानी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् ।

तर पनि अमेरिकी विदेशमन्त्री पोम्पेओले भने हालै आयोजित एक कार्यक्रममा अमेरिकाको संक्रमणकालको यो व्यवस्थापन सजिलोसँग र सहज रुपमा हुने जानकारी दिएका छन् ।

प्रकाशित मिति : कार्तिक २९, २०७७ शनिबार  २ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।