प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लहकार सूर्य थापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेस गर्नुभएको प्रस्ताव फिर्ता गर्नुपर्ने बाताउनुभएको छ । उहाँले (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई शुक्रबारको सचिवालयमा बुझाउनुभएको राजजीतिक प्रतिबेदन फिर्ता नगरे पार्टीको कुनै पनि तहको बैठक बस्न नसक्ने पनि बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच पत्र जुहारी चलेका बेला अन्य नेताहरुले पनि आफ्नो पक्षका अध्यक्षहरुको पक्ष सघाउ पुग्नेगरी तर्क गरिरहेका छन् यसअघि लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने भन्र्दै बिरोध जनाउनुभएको थियो ।
त्यस्तैगरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले पनि प्रचण्डको प्रसतावमा उल्लेखित कुराहरु एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको बताउनुभएको छ ।
त्यस्तै सो प्रतावलाई उहाँले लाञ्छनाको संज्ञ दिँदै पत्रमाथि पार्टी कमिटीहरूमा छलफल हुन नसक्ने बताउनुभएको छ। पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन भएको उहाँले बताउनुभएको छ । । थापाले सो प्रस्ताबलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल हुन नसक्ने बताउनुभएको छ ।
प्रतिक्रिया