काठमाडौँ । काठमाडौँको जोरपाटीमा अपाङ्गता भएकाहरूलाई न्यानो कपडा वितरण गरिएको छ । युवा अपाङ्ग सङ्गठनको आयोजनामा एभरेस्ट वासिङ्ग एण्ड गार्मेन्ट प्रालिले सोमबार ज्याकेट वितरण गरेको हो ।
‘साथी ज्याकेट कार्यक्रम’ अन्तर्गत गोकर्णेश्वर नगरपालिका–६ स्थित जोरपाटीमा सञ्चालित बालबाटीका स्कुलमा कपडा वितरण गरिएको आयोजक समूहका सदस्य प्रकाश श्रेष्ठले जानकारी दिए ।
अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा युवा अपाङ्ग सङ्गठनका संयोजक तथा एभरेस्ट गार्मेन्टका मधु क्षेत्रीले कपडा सहयोग गरेका हुन् ।
मौसमको प्रतिकुलतामा जीवन सहज होस भनेर कपडा वितरण गरिएको आयोजना संस्थाले जनाएको छ ।





















प्रतिक्रिया