Logo

अर्थ

सानिमा रिलायन्स लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक



काठमाडाैं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले बीमितलाई प्रतिवर्ष प्रतिहजारमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।

कम्पनीले सावधिक जीवन बीमा योजना(रेगुलर) अन्तर्गत ९ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ र सोभन्दा माथिका वर्षका लागि ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

यस्तै, सावधिक जीवन बीमा योजना (एकल)अन्तर्गत ९ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ, २५ देखि माथिका लागि ६५ रुपैयाँ बोनस प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसैगरी त्रिपल सावधिक बीमा अन्तर्गत १० देखि १४ वर्षका लागि २० रुपैयाँ, १५ देखि १९ वर्षका लागि २० रुपैयाँ, २० देखि २४ वर्षका लागि २५ रुपैयाँ, २५ देखि माथिका लागि ३० रुपैयाँ बोनसदर तोकिएको छ । दम्पत्ति सावधिक बीमा योजना अन्तर्गत १५ देखि १९ वर्षका लागि २० रुपैयाँ, २० देखि २४ वर्षका लागि २५ रुपैयाँ, २५ देखि माथिका लागि ३० रुपैयाँ बोनस प्रदान गरिने कम्पनीले जनाएको छ ।

सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ देखि माथिका वर्षका लागि ७० रुपैयाँ बोनसको बोनसको व्यवस्था गरिएको छ ।

यस्तै अग्रिम भुक्तानी योजना अन्तर्गत १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३७ रुपैयाँ र २० देखि २४ वर्षका लागि ४२ रुपैयाँ बोनस निर्धारण गरिएको छ । कम्पनीले वार्षिक अग्रिम भुक्तानी योजना अन्तर्गत १५ देखि १९ वर्ष अवधिका लागि १९ रुपैयाँ र २० वर्ष २४ वर्षका लागि २१ रुपैयाँ बोनददर तोकेको छ ।

यस्तै मुद्दती सुरक्षण बीमा योजना–नियमति शुल्क अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ, मुद्दती सुरक्षण बीमा योजना एकल शुल्क अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि ५४ रुपैयाँ, १५ वर्षे अग्रिम भुक्तानी योजना अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजना अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि ४५ रुपैयाँ, रुपान्तरीत वार्षिक अग्रिम भुक्तानी अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि ३० रुपैयाँ, सामूहिक सावधिक अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि २० रुपैयाँ, सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ देखि माथिका लागि ६० रुपैयाँ बोनसको व्यवस्था गरिएको छ ।

सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ,२० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ देखि माथिका लागि ७५ रुपैयाँ बोनस दिइनेछ ।

यस्तै सीमित भुक्तानी सावधिक बीमालेख अन्तर्गत १० देखि १४ वर्षे अवधिका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५२ रुपैयाँ र २५ देखि माथिका लागि ६५ रुपैयाँ बोनसको व्यवस्था गरिएको छ । बाल सावधिक बीमालेख अन्तर्गत १० देखि १५ वर्ष अवधिका लागि २२ रुपैयाँ, १६ देखि २० वर्षका लागि २८ रुपैयाँ, २१ देखि २४ वर्षका लागि ३५ र २५ वा सोभन्दा माथिका लागि ४५ रुपैयाँ बोनसदरको व्यवस्था गरिएको छ ।

यस्तै बाल सावधिक बीमालेखअन्तर्गत १० देखि १५ वर्ष अवधिका लागि २० रुपैयाँ, १६ देखि २० वर्षका लागि २७ रुपैयाँ, २१ देखि २४ वर्षका लागि ३२ र २५ वा सोभन्दा माथिका लागि ३४ रुपैयाँ बोनसदरको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलवार १०:३६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।