Logo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानमाथि आक्रमण गर्ने योजना



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्नेबारे आफ्ना वरिष्ठसहयोगीहरुसँग सल्लाह गरेको खुलेको छ । इरानका आणविक केन्द्रहरुमा आक्रमण गर्ने सम्भाव्यता र त्यसका विकल्पबारे उनले बिहीबार आफ्ना वरिष्ठ सहयोगीहरुसँग सल्लाह मागेको समाचार न्यूर्योक टाइम्समा प्रकाशित छ । 

वहालवाला चारजना अधिकारी र केही पूर्व अमेरिकी अधिकारीहरुको भनाई उदृत गर्दै बिहीबार राष्ट्रपतिको कार्यालयमा यसबारे छलफल भएको हो ।  यसक्रममा उपराष्ट्रपति माइक पेन्स, विदेशमनत्री माइक पोम्पेओ, कार्यवहाक रक्षामन्त्री क्रिष्टोफर मिलार र सेना प्रमुख जनरल मार्क मिल्ललगायत वरिष्ठ सल्लाहकारहरुले सैन्य आक्रमण नगर्न सल्लाह दिएको समाचारमा उल्लेख छ । राष्ट्रपति छँदाका अन्तिम दिनहरुमा गरिएको यस्तो आक्रमणले अहिले देखिएको भुठभेडपूर्ण अवस्थामा थप समस्या निम्तने भन्दै उनीहरुले सावधान गराएका थिए ।

यद्यपी, ट्रम्पले इरानका सहयोगी र उसको सम्पत्तिमाथि आक्रमण गर्नेबारे सोचिरहेको हुनसक्ने सल्लाहकारहरुले बताएका छन् । इराकमा रहेका इरानी लडाकुुहरुमाथि आक्रमण गर्ने योजना पनि ट्रम्पको हुनसक्छ, टाइम्स पत्रिकासँगको कुराकानीमा सल्लाहकारहरुले भनेका छन् । 

यसअघि अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले जारी गरेको रिपोर्ट टाइम्स पत्रिकामा प्रकाशित भएको थियो, यस रिपोर्टअनुसार इरानको युरेनियम भण्डारण आणविक सम्झौताले तय गरेको न्युुनतम  मापदण्ड (३ सय किलोग्रामको सिमितता) भन्दा १२ गुणा धेरै पुुगिसकेको छ । २०१५ मा अमेरिकासहित विश्वका शक्तिशाली ५ देश समेतको संलग्नतामा इरानले यो सम्झौतामा हस्तक्षेप गरेको थियो । यद्यपी, अमेरिका २०१८ मा यो सम्झौताबाट बाहिरिइसकेको छ । 

हुुथी विद्रोहीलाई आतंककारी घोषणा गर्ने तयारी 

फरेन पोलिसी डटकममा प्रकाशित समाचारअनुसार अहिले यमनका हुुथी विद्रोहीहरुलाई आतंककारी घोषणा गर्ने तयारीमा ट्रम्प प्रशासन लागेको छ । यी लडाकुहरुलाई इरानल सहयोग गरिरहेको छ ।  ट्रम्पको यस अभियानले साउदी समर्थित यमनी सरकार र सिट अभियानबीच संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको शान्ति सम्झौता उल्लंखन हुने डर देखिएको छ । 

हुुथीलाई अन्तर्राष्ट्रिय आतंककारी घोषणा नगर्नका लागि संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय एजेन्सीहरुले ट्रम्प प्रशासनसँग पहल गरिरहेका थिए, तर अबको निर्णय इरान–विरोधी रणनीतिको जीत हुनेछ ।  यसै साता पोम्पेओ साउदी अरेयिबा, युुएई र इजरायलको भ्रमणमा जाँदैछन् । 

पछिल्ला पाँचवर्षदेखि हुुथीविरुद्धको युद्धमा रहेको साउदीले पहिल्यै हुुथीलाई आतंककारी घोषणा गरिसकेको छ र वासिङटनलाई पनि त्यही गर्न दबाब दिइरहेको छ । राष्ट्रपतिय निर्वाचन हारेपनि डोनाल्ड ट्रम्पले अहिलेसम्म हार स्विकारेका छैनन् । बरु, उनले आफू दोस्रो कार्यकालका लागि निर्वाचित भएजसरी दिर्घकालीन महत्त्व राख्ने निर्णयहरु लिने तयारी गरिरहेका छन् । ३ नोभेम्बरको निर्वाचनबाट चुनिएका भावी राष्ट्रपति जो बाइडेनको जीतलाई उनले धाँधलीपूर्ण भन्दै आएका छन् । 

प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार  १ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।