Logo

गण्डकी प्रदेशमा ५८ जना कोरोना सङ्क्रमित थपिए, तीन संक्रमितको मृत्यु



 गण्डकी प्रदेशमा आज ५८ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका ४६ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिका-३ का ८३ वर्षीय पुरुष र पोखराकै वडा नं १७ का ७८ वर्षीय महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १२७ पुगेको छ ।आज थपिने सङ्क्रमितमा सबैभन्दा बढी कास्कीका ३८, स्याङ्जाका नौ, तनहुँका पाँच, म्याग्दी र गोरखाका तीन/तीन जना छन् ।

प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या १० हजार ५४८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रकाशित : ३ मंसिर २०७७, बुधबार