Logo

टोखामा प्रशासनिक भवन शिलान्यास



टोखा नगरपालिका ११ नं वडा कार्यालयको प्रशासनिक भवनको आज गोङ्गबु, महादेवटारमा शिलान्यास भएको छ । रु दुई करोड पाँच लाखका लागतमा विसं २०७८ असोज महिनाभित्र सो भवन निर्माण भइसक्ने वडाध्यक्ष उत्तम अधिकारीले जानकारी दिएका छन् ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भवनको आज बिहान शिलान्यास गर्दै जनचाहनाबमोजिम भौतिक पूर्वाधारसहित सडक, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास एवम् विस्तार गरी नगरपालिकालाई देशकै नमूनाका रुपमा स्थापित गर्न आफ्नो टोली अहोरात्र खटिरहेको बताए । वडाध्यक्ष अधिकारीले भाडामा लिइएको कार्यालय भवनबाट जनतालाई सेवा प्रदान गर्न केही कठिनाइ परिरहेको जानकारी दिँंदै वडाको प्रशासनिक कार्यालय भवन निर्माणपछि सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गरेका छन् । 

प्रकाशित : ४ मंसिर २०७७, बिहिबार