Logo

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडिओ अपलोड गर्ने एक जना पक्राउ



काठमाडौंमा तेस्रोलिङ्गी निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको घटनाको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् । साइबर ब्युरोले अनुरोध गरेपछि महानगरीय प्रहरी परिसर, भक्तपुरले विशेष जोशीलाई पक्राउ गरेको हो ।

भक्तपुरकी एसपी तारादेवी थापाका अनुसार प्रारिम्भक सोधपुछका क्रममा उनले आफूले भिडियो अपलोड मात्र गरेको भनेका छन् । थप अनुसन्धानका लागि जोशीलाई ब्युरोमा पठाउने तयारी भक्तपुर प्रहरीको छ ।

सामाजिक सञ्जालमा मोटरसाइकलमा आएका व्यक्तिले निकिशालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो । त्यही अनुसार.जोशीलाई पक्राउ गरिएको हो । घटनामा दुर्व्यवहार गर्ने व्यक्ति अझै पक्राउ परेका छैनन् । उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ४ मंसिर २०७७, बिहिबार