Logo

सेयर बजारमा नयाँ रेकर्ड ३०.३२ प्रतिशतले बढ्यो, कारोबार रकम ६ अर्ब बढी



साताको अन्तीम कारोबार दिन आज सेयरबजारले नयाँ रेकर्ड राखेको छ । आज नेप्से परिसुचक ३६ दशमलव ३२ प्रतिशतले बढेर १७७८दशमलव १२ बिन्दूमा रोकिएको छ ।
आज १९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५ सय ५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार बराबरको कारोबार भएको छ । त्यस्तै आज सेन्सेटिभ परिसूचक पनि १ दशमलव ४७ प्रतिशतले बढेर ३४३ दशमलव ०७  बिन्दूमा रोकिएको छ । 
स्टकका अनुसार १२ ओटा उपसमूह नै आज उकालो लागेका छन् । 
आजको दिन नेपाल पुर्नबिमा कम्पनीले कारोबार रकमको आधारमा अधिपत्य जमाएको छ । त्यस्तै आज ट्राजन रिजेन्सी होटल र यूनिलिभर नेपाल लिमिटेडको आज सकरात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । 

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार १५:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।