Logo

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त



वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रमेश आचार्य र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख संचालन अधिकृत श्री पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो ।
सम्झौता सँगै अब शेयर रजिष्ट्रार (धितोपत्र नामसारी, शेयर दाखिल खारेज, शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने, बोनश शेयर तथा लाभांश पुर्जा बितरण) सम्बन्धी सम्पुर्ण कार्यका लागि कुमारी क्यापिटल लिमिटेड नागपोखरी १, नक्साल , काठमाण्डौं मार्फत सेवा उपलब्ध गराउने लघुवित्तले जनाएको छ । साथै कुमारी क्यापिटल मार्फत सेवा प्रारम्भ हुने मिति सार्बजनिक सुचना मार्फत जानकारी गराइनेछ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार ०९:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।