Logo

हानका निवर्तमान अध्यक्ष शाक्यको निधन 



होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ । ७२ वर्षको उमेरमा शाक्यको आज बिहान निधन भएको हो ।

होटेल तथा पर्यटन उद्योगको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै होटेल संघ नेपालको अध्यक्षसमेत भई नेतृत्वदायी भूमिका निर्वाह गरेका शाक्य प्रवल जनसेवाश्री चतुर्थ’ बाट विभूषित पनि भएका थिए । 

२४ वर्षभन्दा बढी होटेल संघ नेपालमा सक्रिय भई अतुलनीय योगदान पुर्‍याएका शाक्य यस क्षेत्रमा स्थापित एक कुशल व्यवस्थापक, सरल तथा मिजासिला व्यक्ति भएको हानकी अध्यक्ष सिर्जना राणाले जनाइन् । शाक्यका श्रीमती र दुई छोरा छन् । 

प्रकाशित : ५ मंसिर २०७७, शुक्रबार