Logo

पर्बतमा करेन्ट लागेर १ जनाको मृत्यु



पर्बत जिल्लाको पैंयु गाउँपालिका-१ ढुङ्गेखर्क बस्ने ४४ वर्षीय देउ बहादुर बिकको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । सोही गाउँपालिका-२ त्रिबेणी बस्ने भक्त बहादुर रानाको घरमा काठको काम गर्ने क्रममा काठ तास्ने मेशिनको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका बिकको प्राथमिक अस्पताल वालिङ स्याङजामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : ५ मंसिर २०७७, शुक्रबार