Logo

नेपाल–चीन सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ उच्चस्तरीय नेता नेपाल भ्रमण गर्ने



चिनियाँ उच्चस्तरीय नेताको यस साता नेपाल भ्रमण हुनेभएको छ । परराष्ट्र मन्त्रालयको श्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ उच्चस्तरीय नेताको भ्रमण हुनेभएको हो प्राप्त जानकारी अनुसार चिनियाँ रक्षा मन्त्रालय र स्टेट काउन्सिलरको जिम्मेवारी सम्हालेका जनरल वेइ फेङह नेपाल आउने भएका हुन् ।

चीनले रक्षामन्त्री नेपाल आउने विषय नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयललाई जानकारी गराइसकेको छ। चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण निश्चित भएपछि सरकारले भ्रमणको तयारी समेत गरेको छ ।गत वर्ष अक्टुवरमा चिनियाँ राष्ट्रपति सि जीनफिङको नेपाल भ्रमणपछि रक्षामन्त्री वेइ फेङह नेपाल भ्रमणमा आउन लागेका हुन् ।

एक वर्ष यता भारतले सुरक्षा कुटनीतिलाई महत्व दिइरहेका बेला चीनले पनि रक्षामन्त्री नेपाल भ्रमणका पठाएको हो ।नेपालको भूभाग लिपुलेक लिम्पियाधुरा कालापानी समेटिएर भारतले नक्सा जारी गरेपछि नेपालले पनि आफ्नो भूभागसहितको नयाँ नक्सा जारी त्यसको प्रतिउत्तर दिएपछि नेपाल भारत सम्बन्ध चिसिएको बेला भारतले सुरक्षा कुटनीतिलाई महत्व दिएको थियो ।

उता, भारतसँग सीमा विवाद भइरहँदा चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारत र नेपालमा उच्च महत्वका साथ हेरिएको छ । यसअघि, चिनियाँ विदेशमन्त्री वाङ यि नेपाल आउने बताइएको थियो ।

जनरल वेइ सन् २०१८ मार्चदेखि चीनको उपप्रधानमन्त्रीपछि पहिलो नम्बरका स्टेट काउन्सिलर र रक्षामन्त्रीको जिम्मेवारीमा छन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र र केन्द्रीय सैन्य आयोगका प्रमुख हुन् ।

प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार  ११ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।