Logo

शिवम् सिमेन्ट उद्योगमा आगलागी



हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई  उद्योगको कोइला च्याम्बरमा आज विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको उनले बताए । स्थानीय, प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार  ३ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।