नेपाल राष्ट्रिय भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका–४ स्थित फाइभस्टार क्लबलाई भलिबल, नेटलगायतका खेल सामग्री हस्तान्तरण गरेका छन् ।
उक्त क्लवका अध्यक्ष किरण केसीलाई शनिबार आयोजित कार्यक्रममा उपाध्यक्ष सुवेदीले खेल सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा उक्त नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, यज्ञडोल (जगडोल) शहीद पार्क वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देल, फाइभस्टार क्लबका अध्यक्ष केसी, वडा सदस्य जयराम महतलगायतका वक्ताले सुवेदीको सहयोगले भलिबलप्रेमीमा उत्साह थपेको जानकारी दिएका छन् ।
कोरोनाबाट बच्न भलिबललगायत खेललाई दैनिक जीवनशैलीका रूपमा विकास गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए । सङ्घका उपाध्यक्ष सुवेदीले भलिबल खेलको रुचि तथा विकासमा लाग्ने जोकोहीलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।




















प्रतिक्रिया