Logo

शेयर बजार

स्वावलम्बन लघुवित्तले संस्थापक समूहको शेयर लिलामिमा बिक्रि गर्दै



स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले आजबाट संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री खुला गरेको छ । संस्थाले महिला सहकारी संस्था लिमिटेडको नाममा रहेको एक लाख २६ हजार कित्ता संस्थापक समूहको शेयर बिक्री गर्न लागेको हो । 

उक्त शेयरको न्यूनतम मूल्य प्रति कित्ता ४ सय ९२ रूपैयाँ रहेको छ । त्यसैले, यस लिलामी शेयरमा न्यूनतम ४ सय ९२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदन दिँदा न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने जनाएको छ ।

त्यसैगरी, उक्त शेयरहरू खरिद गर्न ईच्छुक संस्थापक शेयरधनी तथा अन्य व्यक्ति र संस्थाहरूले आजबाट पुष १२ गतेसम्म बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् ।

प्रकाशित : ७ मंसिर २०७७, आइतबार