Logo

इराकमा सात प्रहरीको हत्या, आइएसआइएसले गरेको अनुमान



इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएको बताइएको छ । शनिबार भएको हमलामा परि मारिएको जनाईएको छ ।

उक्त प्रान्तमा शनिबार भएको आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ । शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो । सो कारबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए । त्यसपछि यो आक्रमणको घटना भएको बताइएको छ ।

शनिबार साँझ सो हमला भएको थियो । यसमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ । इराकको उक्त प्रान्त राजधानी बगदादबाट करिब २०० मिटर टाढा पर्दछ । उक्त स्थानमा पछिल्ला केही दिनहरुमा आइएसले आक्रमण थालेको छ । त्यसैले इराकको सुरक्षा फौजले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षा गस्ती दिने गरेको छ । सो गस्तीपछि आइएसले पनि सो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधाारणलाई लक्ष गरेर हमला गर्ने गरेको छ  । शनिबार हत्या गरिएका सात सुरक्षाकर्मी इराकका प्रहरी रहेको बताइएको छ । 

प्रकाशित मिति : मंसिर ७, २०७७ आईतबार  १ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।