Logo

मुकेश चौरासियाको हत्याका मुख्य आरोपी पक्राउ



नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पर्साका स्थानीय नेता मुकेश चौरासियाको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका–३, इटियाहीका ३८ वर्षीय अखिलेश प्रसाद चौरसिया भन्ने अशेसर प्रसाद चौरसिया छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले वीरगञ्ज–२५, अली सिर्सियाबाट पक्राउ गरेको हो ।उनलाई पक्राउ परी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।यसअघि ६ कात्तिकमा प्रसौनीमा सेलर मिलको भवनमा विन्दवासिनी गाउँपालिका कमिटीद्वारा सपथ ग्रहण गराउने क्रममा नेकपा कार्यकर्ताबीच झडप भएको थियो ।
 
त्यसक्रममा बाँसको भाटाले लागेर चौरासिया गम्भिर घाइते भएका थिए । उपचारका क्रममा न्युरो अस्पतालमा उनको मृत्यु भएको थियो ।

घटनामा प्रहरीले जाहेरी लिन आनाकानी गरेको भन्दै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले विज्ञप्ति नै जारी गरेर कारबाही अघि बढाउन माग गरेका थिए । ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ’ प्रचण्डले भनेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार २२:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।