Logo

ओलम्पिक च्याम्पियन अमेरिकी पौडीबाज काएलेब ड्रेसेल नयाँ विश्व कीर्तिमान



ओलम्पिक च्याम्पियन अमेरिकी पौडीबाज काएलेब ड्रेसेल नयाँ विश्व कीर्तिमान बनाएका छन् । उनले १०० मिटरको दूरी ४९.२८ सेकेण्डमा पूरा गरेर कीर्तिमान बनाएका हुन् ।

उनले १०० मिटर व्यक्तिगत मिड्लेमा सेमिफाइनलमा बनाएको कीर्तिमान फाइनलमा आफैले तोडेका हुन् । अमेरिकी पौडी खेलाडी ड्रेसेलोले अन्तर्राष्ट्रिय पौडी लिगमा आफ्नो टिम काली कन्डोर्सलाई उपाधि दिलाउने क्रममा व्यक्ति कीर्तिमान बनाएका हुन् ।

काली कन्डोर्सले अन्तर्राष्ट्रिय पौडी लिगको बुड्डापेस्टमा भएको दोस्रो सिजनको ग्राण्ड फाइनलमा उपाधि जितेको हो।काली कोन्डोर्सले दुई दिनको खेलमा ५६१.५ अंक जोडेर गएको वर्षको विजेता एनर्जी स्टान्डर्सलाई पछि पारेर विजेता बनेको हो । एनर्जीको ४६४.५ अंक भयो ।

प्रकाशित मिति : मंसिर ८, २०७७ सोमबार  ९ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।