Logo

प्रधानमन्‍त्रीओलीको फोटो खिच्ने रहर



प्रधानमन्त्री केपी ओलीसँग फोटो खिच्न चाहने नेता, कार्यकर्ता र समर्थकको भीडभाड जताततै हुन्छ । त्योक्रम प्रधानमन्त्री ओली सोमबार ताप्लेजुङ पुग्दा पनि उस्तै थियो । 

सोमबार भने ओलीले ताप्लेजुङको घुन्सामा पुग्दा आफूसँग तस्बिर खिच्न चाहने नेता, कार्यकर्ता र समर्थककै फोटो खिचिदिएका छन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले हेलिप्याडमा प्रधानमन्त्रीले नेता कार्यकर्ताको तस्बिर खिचेको ट्वीटरमार्फत् जानकारी दिए । प्रधानमन्त्रीले कार्यकर्ताको तस्बिर खिचिरहेको फोटो सार्वजनिक गर्दै उनले ओलीको प्रशंसा गरेका छन् । प्रधानमन्त्रीले तस्बिर खिच्दै गर्दा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहितका नेता तथा कार्यकर्ता पोज दिइराखेका छन् ।  

pc.JPG

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार १०:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।