Logo

अनुभव थपलियाले चुमे अनलाइन टयालेन्ट शोको उपाधि



काठमाडौं । अनलाइन टयालेन्ट शोको उपाधि अनुभव थपलियाले चुमेका छन् । हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा सम्पन्न भएको अनलाइन टयालेन्ट शोको फस्ट रनरअप नित्या शर्मा बन्दा सेकेण्ड रनरअपको उपाधि खावात सुब्बाले जित्न सफल भएका छन् ।

himalayan1-1.jpg

त्यस्तै थर्ड रनरअपको उपाधि खगेन्द्र अधिकारीले कब्जा गरेका छन् भने फोर्थ रनरअपको उपाधि बिन्दिया खड्काले चुम्न सफल भएकी छिन् ।

कार्यक्रमको अवसरमा बोल्दै अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीले कलाकारिता क्षेत्रमा गरिने कामको सरकारले जहिले पनि साथ सर्मथन दिने विषयमा जोड दिए ।

himalayan22.jpg

त्यस्तै हिमालयन म्यूजिक एकेडेमी अध्यक्ष गजमेरले उक्त पुरस्कार कोरोना महामारीको संकट टरेपछि एक भब्य कार्यक्रमको आयोजना गरेर बिजेताहरुलाई प्रदान गरिने बताए ।

प्रतिस्पर्धामा प्रथम भएकालाई २५ सय डलर, तथा द्धितिय र तृतियलाई क्रमश १५ सय र १ हजार डलर र अन्यलाई शान्तवना पुरस्कारको पनि ब्यबस्था गरिएको छ । कार्यक्रममा जजका रुपमा नायिका सांरगा श्रेष्ठ, अर्जुन रसाइली, विकास थुलु, सन्तोष रामदाम र गोपी दाहाल रहेका छन् ।

himalayan1.jpg

प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार  ११ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।