Logo

प्रभु बैंकद्धारा eKYC सेवा सञ्चालनमा 



प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको लागि eKYC सेवा सञ्चालनमा ल्याएको छ । 
प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै eKYC सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि. मा खाता खोली कारोबार गर्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले बैंकको वेबसाइट www.prabhubank.comमा Login गरी अनलाइन मार्पmत eKYC अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेका बैंकले जनाएको छ । 

प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा प्थ्ऋ सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहक महानुभावहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउने बैंकले पूर्ण विश्वास लिएको छ । 

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार ११:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।