Logo

नेपाली क्रिकेट खेलाडीहरुको कोरोना परिक्षण गरियो



त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको कोरोना परीक्षणका लागि आज स्वाब संकलन गरिएको छ ।  खेलाडी, प्रशिक्षक र ग्राउण्ड स्टाफ गरि करिब  ५० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

मंगलबार गरिएको कोरोना परीक्षणमा नेगेटिभ आउनेहरुलाई बुधबारदेखि बन्द प्रशिक्षणमा राखिने छ । 

पोजेटिभ रिपोर्ट आउने सबैलाई आईशोलेशनमा पठाउने र नेगेटिभ आएपछि मात्रै सहभागी गराउने पनि सदस्य पाठकले बताए ।

पहिलो चरणमा कम्तिमा एक महिना प्रशिक्षण गराउने क्यानको योजना रहेको छ । 

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार ११:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।