Logo

ह्वात्तै घट्यो सुनको मूल्य 



मंगलबार सुनको मूल्य भारी गिरावट आएकमो छ । आज तोलामा १८०० रुपैयाँले सुनको मुल्य घटेको हो। सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ। यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रकाशित : ९ मंसिर २०७७, मंगलबार