Logo

शेयर बजार

सेयर बजार १दशमलव ६७ प्रतिशतले बढ्यो, कारोबार रकम ५ अर्ब बढी



आज सेयर बजार १ दशमलव ६७ प्रतिशतले बढेर बन्द भएको छ । नेप्से परिसुचक यो दिन २९ दशमवल ६८ अंकले बढेर १८१० दशमलव ११ विन्दूमा रोकिएको हो । 
आज दिनभर कारोबारमा आएका १९६ कम्पनीको १ करोड १७ लाख ४८ हजार ५सय २० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १८९ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै आज १२ वटा उपसमूहमध्य होटल ओरालो लागेको छ भने बाँकी ११ उपसमुह उकालो लागेका छन् । 
त्यस्तै ठुला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४९ अंकले बढेको छ । 

प्रकाशित : ९ मंसिर २०७७, मंगलबार