Logo

समाचार

पशुपति शर्माको गीत बन्द गराउन युथफोर्स प्रयोग !



पशुपतिसमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तले गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत बन्द गरेर सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाएको छ ।

राप्रपाले सरकारको उक्त कदम संविधान प्रदत्त मौलिक अधिकारको हनन् भएको टिप्पणी गरेको छ । गीत बन्द गरेर सरकारले आफूलाई लागेको अभिव्यक्ति दिन पाउने संविधान प्रदत्त नैसर्गिक मौलिक हक तथा अधिकारमाथि सरकारले बन्देज लगाउन सुरु गरेको ठहर राप्रपाको छ ।

राप्रपा संयुक्तका प्रचार संयोजक राजेन्द्र गुरुङद्वारा आइतबार जारी विज्ञप्तिमा तत्कालिन एमाले निकट युथ फोर्स प्रयोग गरेर सरकारले शर्माको गीतलाई युट्युवबाट हटाउन बाध्य पारेको आरोप लगाइएको छ । विज्ञप्तिमा नेपाली जनता कुनै किसिमको अधिनायकवाद वा निरंकुशता स्वीकार्दैनन् भन्ने यथार्थलाई आत्मसात गर्न नेकपालाई चेतावनी दिइएको छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार  ३ : ५८ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।