नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान तथा खेलाडी पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेको छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारससहित ६ खेलाडी परेका छन् ।उनीसँगै स्कटल्याण्डका तीन खेलाडीहरु काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोेरन रहेका छन् ।
पारसले सन् २००२ मा यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका थिए भने, सन् २००९ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गरेका थिए । उनको १० वर्षे कप्तानीसमयमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो ।
प्रतिक्रिया