Logo

प्रमुख समाचार

२० करोडको वार्गेनिङमा फसे मन्त्री बिष्ट, मलेशिया जान रोक



श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले नेपाली कामदाहरुलाई बैदेशिक रोजगारिमा पठाउनका लागि विभिन्न माध्यमहरु अपनाई रहेका छन् । मन्त्री विष्टले यसको लागि आफु संघर्षरत रहेको बताउदै आएका छन् ।

नेपाली युवाहरु बैदेशिक रोजगारिको शिलशिलामा मलेसिया जाँदा विभिन्न खालका समस्या खेप्नु परेको भन्दै यसलाई सुधार अभियान थालेका हुन् । बैदेशिक रोजगारिको लागि नेपाली कामदार पठाउन आफ्ना एजेण्टहरुलाई पठाई दिन माग गर्दै २० करोड रुपैयाँ दिन खोज्दा नमानेपछि अहिले सम्म यो कामम अल्झिरहेको स्रोले जनाएको छ ।

उनले नेपाली कामदार पठाउनका लागि गरेका विभिन्न योजनााहरुलाई एजेण्टहरुले सेटिङ मिलाएको तुहाउने गरेको स्रोतले जनाएको छ । सोहि कारणले नेपाली कामदारहरु मलेशिया जानबाट रोकिएका छन् ।

मन्त्रीले साउदी, बहराइन, दुवई र यूएईमा खाली रहेको श्रम सहचारी र काउन्सिलरको म्याद सकिएपनि त्यहाँ कार्यरत कर्मचारीलाई समय थप गरेर राखेका छन् । पैसाको सेटिङमा म्याद सकिएकालाई राखिराखेको र अर्को विज्ञापनको प्रक्रिया सुरु नगरेको आरोप छ । राजदूतावासमा बसिरहन पाए चलखेल गर्न सकिने भएकाले कर्मचारीहरु हत्तपत्त छोड्न मान्दैनन् ।

यसअघिको सरकारले श्रम सहचारी र काउन्सिलरको विज्ञापनको प्रक्रिया सुरु गरेको थियो तर परीक्षाको दिन आएर अचानक सूचना प्रकाशित गरी कार्यक्रम रद्य गरिएको थियो । मन्त्रीले आफ्ना मान्छेलाई नियुक्त गर्न नियमावली संशोधन गर्ने दाउ गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार  ११ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।