Logo

बार्सिलाेनाले डिनामो किएभलाई उसैकाे मैदानमा ४-० गाेल अन्तरले पराजित



कप्तान लिओनेल मेस्सीबिना उत्रिएको बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा सानदार जित निकालेकाे छ । गएराति भएकाे खेलमा बार्सिलाेनाले डिनामो किएभलाई  उसैकाे मैदानमा  ४-० गाेल अन्तरले पराजित गरेकाे हाे ।

याे बार्सिलाेनाले लगातार चौथो जित हाे । यस जितसँगै बार्सिलोनाले नकआउट चरणमा स्थान पक्का गरेको छ । सन् २०१६ यता समूह चरणमा अपराजित रहेको बार्सिलोनाले पछिल्लो २३ खेलमा हार बेहोरेको छैन ।

बार्सिलाेनालाई सानदार जित दिलाउनकाे लागि मार्टिन ब्रेथवेटले दुई गोल र एक असिस्ट प्रदान गरे भने सर्जिनो डेस्ट र एन्टोइन ग्रिजमनले समान एक-एक गाेल गरे । बार्सिलाेनाले सबै गाेल दाेस्राे हाफमा गरेकाे थियाे ।

खेलकाे ५२ औं मिनेटमा सर्जिनोले गाेल गर्दाे बार्साेलाेनालाई अग्रता दिलाएका थिए । उनले ब्रेथवेटको पासमा गाेल गरेका थिए ।त्यसको ५ मिनेटपछि नै ब्रेथवेट अग्रता दाेब्बर बनाए । डेब्यु गरिरहेका डिफेन्डर ओस्कार मिन्गुएजाको पासमा ब्रेथवेटले गाेल गरेकाे थिए ।

७० औं मिनेटमा ब्रेथवेटले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई ३-० काे अग्रता दिलाए । ब्रेथवेटलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । इन्ज्युरी समयको दोस्रो मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै सानदार जित पक्का गरे । उनले जोर्डी अल्बाको पासमा गोल गरेका थिए ।

बार्सिलाेना कप्तान मेस्सीसहित केही मुख्या खेलाडी विना नै मैदानमा उत्रिएकाे थियाे । मुख्य डिफेन्डर जेरार्ड पिके  घाइते छन् । अन्सु फाती र सर्जी रोवेर्टो लामो समयका लागि मैदानबाहिर छन् । त्यसैगरी, फ्रेन्च विंगर उसामान डेम्बेले पनि फिट छैनन् ।

यस जितसँगै बार्सिलोनाले २ खेल बाकी हुँदै नकआउट चरणमा स्थान पक्का गरेको छ । ४ खेलमा ४ जितसहित १२ अंक जोडेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युभेन्टसको ९ अंक रहेको छ । किएभ र फेरेन्कभारोसको १-१ अंक छ ।

प्रकाशित : १० मंसिर २०७७, बुधबार