Logo

प्रमुख समाचार

कानून विपरीत काम गर्ने समाजकल्याण परिषदका पदाधिकारीहरू बर्खास्त



कानून विपरीत काम गर्ने समाजकल्याण परिषदका पदाधिकारीहरू बर्खास्त भएका छन् । बदनियत र कानून विपरीत काम गरेको भन्दै सरकारले परिषदका पदाधिकारीलाई पदमुक्त गरेको हो ।

केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गरेको हो ।

बदनियतपूर्वक समाजकल्याण परिषदलाई हानी पु-याएकाले पदमुक्त गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए ।

त्यस्तै सरकारले समाजकल्याण परिषदमा भएको आर्थिक, प्रशासनिकलगायतका अनियमिताताबारे थप अनुसन्धान गरी कानूनी कारबाही गर्न त्यससम्बन्धी प्रतिवेदनको प्रलिलिपी अख्तियारमा पठाउने निर्णय पनि सरकारले गरेको छ ।

प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार  ८ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।