Logo

बुधबार पनि सुनको मूल्यमा सामान्य गिरावट



बुधबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य १ हजार रुपैयाँ घटेको छ । 
मंगलबार छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १८ सय घटेको थियो । यस्तै तेजावी सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको महासंघले जनाएको छ । मंगलबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार भएको हो । 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार ११:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।