Logo

खेलकुद

दक्षिण अफ्रिका सिरिज २-० ले जित्दै श्रीलंकाले रच्यो इतिहास



श्रीलंकाले दोश्रो टेस्ट म्याचमा दक्षिण अफ्रिकालाई आठ विकेटले हराएको छ। दक्षिण अफ्रिकामा जारी दुई टेस्ट म्याचको सिरिजमा यो जितसँगै श्रीलंकाले घरेलु टोलीलाई हराउने पहिलो एसियाली टोलीसमेत बनेको छ। पहिलो टेस्टमा पनि घरेलु टोलीलाई पराजित गरेको श्रीलंकाले लगातार दुई टेस्ट खेलको नतिजा आफ्नो पक्षमा पारेपछि सो इतिहास बनाएको हो।

योसँगै श्रीलंका दक्षिण अफ्रिकालाई उसको मैदानमा हराउँने तेश्रो टोलीसमेत बनेको छ। यसअघि द. अफ्रिकालाई इङ्ल्याण्ड र अस्ट्रेलियाले मात्र पराजित गर्न सकेका थिए। यो जितमा कुशल मेन्डिसको नटआउट ८४ र ओशाडा फर्नाडोको ७५ रनको योगदान रह्‍यो।

शनिवार सकिएको म्याचमा श्रीलंकाले १९७ रनको लक्ष्यलाई दुई वीकेटको क्षतिमा ४५.२ ओभर खेल्दै पूरा गरेको थियो।
पहिलो खेलमा पनि श्रीलंकाले द. अफ्रिकामाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो।

खेलको दोश्रो दिन श्रीलंकाले दुई विकेटको क्षति र ६० रनको जोडेको अवस्थामा गतिलो सुरूवात गर्‍यो। मेन्डिस र फर्नाडोले द. अफ्रिकाका तीव्र गतिका बलरलाई सहज सामना गरे।मेन्डिसले ११० रन बनाउँदा १३ चौका प्रहार गरेका थिए भने फर्नाडोले १०६ बल खेल्दा १० चौका र दुई छक्का प्रहार गरेका थिए।अफ्रिकाका लागि कगिसो रबाडा र दुआन आलिवरले १-१ विकेट लिएका थिए।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  २ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।