Logo

मनोरञ्जन

देशभरी चर्चा कमाउदै शर्मा, आयो सबैको मनमा बस्ने गीत ‘दलित’ (भिडियो)



नेपाली गित संगितको पर्याय एउटा नाम हो पुश्कल शर्मा जसका गितले नेपाली समाजमा भएका घटनालाइ यर्थाथ ढ्गले दर्शक तथा श्रोता माझ पुर्याइ हरेक नेपाली गित संगित मन पराउनेहरुको मनमा बास गरिरहेका छन् ।

‘लुट कान्छा लुट’ पशुपति शर्माको गितले देशमै चर्चा कमाएपछि अर्का शर्माले आफुले नै उत्कृष्ट अभिनय, निर्देशन, लय तथा शब्द सिर्जना गरि आफ्नै सुमधुर स्वरमा नयाँ गीत दलित भर्खर मात्र सार्वजनिक गरेका छन् ।

उनै बहुप्रतिभाका धनि लोकप्रिय गायक पुस्कल शर्माको समाज परिर्वतनको लागी कोशेढुङ्गा सावित हुने उनको भनाइ छ ।हाम्रो समाजमा जातियताको आधारमा विभेद गरिने चलन रहेको छ जुन कुरा कानुनीरुपमै गलत हो उनी भन्छन् ।

दलित भनेर हेला गरेका एक युवाले उच्च जात भनिने युवतीसँग प्रेममा पर्दछन अनि त्यो प्रेम सफल बनाउन आफ्नो बलिदानी समेत दिन्छन् । यहि मुख्य विषयमा उनको पछिल्लो गीत दलित केन्द्रित छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतमा सुरेश श्रेष्ठको छायाँकन छ भने चर्चित संम्पादक दिपक विष्टले गीतको सम्पादन गरेका हुन् ।

पुश्कल शर्माको लय तथा शब्द सिर्जना साथै निर्देशन समेत रहेको गीतमा पुश्कल शर्मा आफै र सारिका केसीको अभिनय देख्न सकिन्छ । शर्माको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको सो गीतले धेरै भन्दा धेरै दर्शक स्रोताको मन जित्नेमा हामी आशावादी छौ शर्माले भने सम्पूर्ण तिमलाइ हाम्रो तर्फबाट शुभकामना ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  ७ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।