Logo

बिजनेस

सिद्धार्थ बैंकबाट सहुलियत कर्जा सुरु



सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन, २०७५ अनुरुप ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा आफ्नो सम्पूर्ण शाखामार्फत दिन थालेको जनाएको छ।

बैंकले सिद्धार्थ महिला उद्यमशीलता कर्जा १५ लाखसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म, उच्च र प्राविधिक शिक्षा तथा व्यवसाय कर्जा पाँच लाखसम्म, दलित समुदाय व्यवसाय कर्जा १० लाखसम्म, भूकम्पपीडित आवास निर्माण कर्जा तीन लाखसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाखसम्म, व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा पाँच करोडसम्म रहेको जनाएको छ।

बैंकले एक सय ३९ शाखा, ९९ शाखारहित बैंकिङ र एक सय ५० एटिएममार्फत ६ लाख २२ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिइरहेको जनाएको छ । माघ मसान्तसम्ममा बैंकको चुक्ता पुँजी आठ अर्ब ८८ करोड पुगेको छ।

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  ३ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।